ओस्कार कलेज र चलचित्र विकाश बोर्डको सहकार्यमा कथा लेखन कार्यशाला

ओस्कार कलेज र चलचित्र विकाश बोर्डको सहकार्यमा कथा लेखन कार्यशाला

Oscar International College

ओस्कार इन्टरनेसनल कलेज अफ फिल्म स्टडिज र चलचित्र विकास बोर्डको सहकार्यमा एक महिने कथा लेखन कार्यशाला सञ्चालन भएको छ।

नयाँ पुस्तालाई कथा लेखनमा प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुने कार्यशाला वैशाख ३० गतेदेखि सुरु भएको हो। लेखक समीक्षक सुरज सुवेदीको मेन्टरसिपमा चल्ने कार्यशालामा १० जना सहभागी छन्।

कार्यशाला संयोजक जेम्स ढकालका अनुसार ४० जनाबाट आएको आवेदनमध्येबाट १० जना सहभागी छनोट गरिएको हो। कार्यशालाको समापनमा प्रत्येक सहभागीले कथाको पहिलो ड्राफ्ट तयार पार्ने छन् जसलाई कार्याशालापश्चात् अन्तिम रुप दिइने आयोजकको भनाइ छ।

साहित्य, सिनेमा र रंगमञ्चमा राम्रा कथा र युवा लेखकको अभाव कम गर्न यो कार्यशाला उपयोगी हुने अपेक्षा राखेको मेन्टर सुवेदीले बताए।