सिनेमा बुझाउँदै ओस्कार कलेज, ४५ युवाले लिए प्रशिक्षण

सिनेमा बुझाउँदै ओस्कार कलेज, ४५ युवाले लिए प्रशिक्षण

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौं । दुई दशकदेखि सिनेमा अध्यापन गराउँदै आएको ओस्कार इन्टरनेसनल कलेजले सिनेमा साक्षरता अभियान २०८३ सम्पन्न गरेको छ ।

कलेजको साधना घर प्रेक्षालयमा सम्पन्न सिनेमा साक्षरता अभियानमा निर्देशन, पटकथा लेखन, अभिनय, छायांकन आदि विधाका आधारभूत कुराहरू सिकाइएको थियो ।

शिक्षकमा निरञ्जनराज भेटवाल, परासर वाग्ले, नविन न्यौपानेलगायतले विद्यार्थीलाई सिनेमाबारे चासो निर्माण गर्ने कार्य गरे । बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मको अभियानमा कलेजका विद्यार्थीहरूद्वारा बनाइएका तीनवटा छोटा सिनेमाहरू समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा नयाँ पुस्ताका करिब ४५ जना युवापुस्ता सहभागी थिए । सिनेमाबारे साक्षर बनाउँदै लानु समाजप्रतिको जिम्मेवारी भएको कलेजका प्रधानाध्यापक रामराजा दाहालले बताए ।

उनको भनाअनुसार केहि वर्षदेखि कलेजले काठमाडौं बाहिर र काठमाडौंमा यो अभियान चलाउँदै आएको छ। यो अभियान भविष्यमा पनि अनवरत रूपमा चलिरहने उनको दाबी छ ।